१३ असार २०८३, शनिबार

रामदेवको टूथब्रशमा गडबडी : लाग्यो ७५ हजार भारु जरिवाना

रामदेवको टूथब्रशमा गडबडी : लाग्यो ७५ हजार भारु जरिवाना

काठमाडौं, २ माघ — योगगुरु बाबा रामदेवको कम्पनी पतञ्जलिमाथि भारतको नापतौल विभागले ठूलो कारवाही गरेको छ । 

गाजियाबादमा नापतौल विभागले पतञ्जलिका तर्फबाट पेश गरिएको टूथब्रश प्याकमा अनियमितताको विषयमा कम्पनीमाथि ७५ हजार रुपैयाँको जरिवाना लगाएको छ । 

पतञ्जलि कम्पनीले कानून पालन नगरेकोमा जरिवाना तिर्नुपरेको हो । जानकारी अनुसार, पतञ्जलिले जरिवाना तिरेको छ । 

टूथब्रशको प्याकेटमा संख्याको जानकारी नदिइएको नापतौल विभागका राजेन्द्र चौरसियाले बताए । 

नापतौल कानूनअनुसार, कम्पनीले बजारमा आफ्नो उत्पादन बजारमा ल्याउँदा वस्तुको मात्राका साथ मूल्य पनि बताउनुपर्छ । उत्पादनको प्याकेटमा कति सामान छ भनी प्रस्ट लेख्नुपर्छ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्