काठमाडौँ, ११ माघ - नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अवैध सुन स्वदेश ल्याउने गिरोहको खोजी भइरहेको जनाएको छ ।
ब्युरोले आज एक विज्ञप्ति जारी गरी गत पुस २१ मा दुबईबाट नेपाल ल्याउँदै गरेको अवस्थामा सात जनालाई पक्राउ गरेको र अरुको खोजी गरिरहेको जनाएको छ । विज्ञप्तिमा ब्युरोले अनुसन्धानलाई उत्साहजनक ढङ्गले अगाडि बढाइरहेको र यसमा सङ्ग्लग्न कुनै पनि व्यक्ति वा संस्था छिट्टै कानुनी दायरामा आउने विश्वास गरिएको छ ।