
काठमाडौ– निर्वाचन आयोगको चेतावनीपछि राष्ट्रिय जनता पार्टी (राजपा)नेपालले प्रदेशसभा समानुपातिक सूची निर्वाचन आयोगमा बुझाएको छ ।
राजपाले आयोगले भनेअनुसार नाम बुझाउन आनाकानी गरेपछि आयोगले पनि राजपालाई पेलेरै समानुपातिक नतिजा सार्वजनिक गर्ने तयारी गरेपछि सूची बुझाइएको हो ।
नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर नै आयोग पुगेर मंगलबार सूची बुझाएका हुन् । आयोगले सूची क्रमसंख्या नभएको भन्दै फिर्ता पठाएको थियो भने राजपाले सच्याउन अटेर गर्दै आएको थियो ।
स्रोतका अनुसार राजपा नेपालले दुई नम्बर प्रदेशबाट जानकी शरण साह, रामनरेश राय, नेत्रविक्रम साह, बबिता कुमारी, निलम देवी, भूमी हारीन, अञ्जुकुमार, डा डिम्पल झा, निराकुमारी साह, रिना यादव र अल्का कुमारी झाको नाम आयोगमा बुझाएको छ।
त्यस्तै, पाँच नम्बर प्रदेशबाट विम पन्त र सात नम्बर प्रदेशबाट मालमती रानाको नाम आयोगमा बुझाइएको छ ।