२८ असार २०८३, आइतबार

ह्वाइट हाउसमा रहेको आफ्नो वेबसाइट हटाइएपछि स्पेनद्वारा ट्रम्प आलोचित

कात्तिक २०, २०७४
ह्वाइट हाउसमा रहेको आफ्नो वेबसाइट हटाइएपछि स्पेनद्वारा ट्रम्प आलोचित


म्याड्रिड, ११ माघ - ह्वाइट हाउसमा रहेको आफ्नो वेबसाइट हटाइएकोमा सोमबार स्पेनी मन्त्रीहरूद्वारा ट्रम्प प्रशासनको आलोचना गरेका छन् ।mary-pat-christie-donald-trump

स्पेनी भाषामा यसअघि रहेको (www.whitehouse.gov) वेबसाइट हटाएपछि उक्त पेज खोल्दा ‘तपाईले खोल्न खोज्नु भएको पेज भेटिँदैन’ भन्ने सूचना मात्रै आउने बनाएकोे भन्दै स्पेनी मन्त्रीहरूले राष्ट्रपति ट्रम्पको आलोचना गरेका हुन् ।

स्पेनी मन्त्रीहरूले अमेरिकामा करिब पाँच करोडले स्पेनी भाषा बोल्ने र विश्वभर करिब ७० करोड मानिस स्पेनी भाषा बोल्ने भए पनि उक्त वेबसाइट बन्द गरिनु आश्चर्यको विषय भएको बताएका छन् ।

स्पेनका संस्कृति मन्त्री इनिगो मेन्डेज डे भिगोले स्पेनी भाषाको वेबसाइट हटाइनु राम्रो नभएको बताउँदै भने , ‘यसले अमेरिकामा स्पेनी भाषाको प्रयोग नत रोकिने छ न यसको प्रसिद्धिमा नै कमी आउने छ ।’

salt training

कमेन्ट गर्नुहोस्