१२ असार २०८३, शुक्रबार

यी हुन्  ट्रम्पका चर्चित १० आत्मप्रशंसा

माघ ३, २०७४
यी हुन्  ट्रम्पका चर्चित १० आत्मप्रशंसा

पछिल्लो साता ओवल अफिसमा सम्पन्न बैठकका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफ्रिकी देशका लागि अपमानजनक शब्द प्रयोग गरे । त्यसपछि उनले सफाइ दिँदै पत्रकारसित भने— म नश्लभेदी होइन । तपाईंले अहिलेसम्म जति मानिसको अन्तर्वार्ता गर्नुभयो, तीमध्ये सबैभन्दा कम नश्लभेदी मानिस मै हुँ ।

ट्रम्पले आफ्नो प्रशंसामा यस्तो केही बोलेको यो नै पहिलो अवसर होइन । उनी आफूले आफैँलाई भद्र र बुद्धिमान् बताउने मौका पाएसम्म गुमाउन चाहँदैनन् ।

-११ जनवरी ०१८ मा ट्रम्पले एउटा ट्विट गरेर भने— क्रायजलरले मेस्सिकोबाट एउटा निकै ठूलो प्लान्ट मिचिगनमा स्थानान्तरण गर्दै छन् । यो वर्षौंदेखि चलिआएको परम्पराविपरीत कार्य हो । यो एउटा निकै राम्रो निर्णय हो । धन्यवाद क्रायजलर ! ट्रम्प–पेन्सलाई मत दिएकोमा मिचिगनका मतदाता निकै खुस छन् । अझै कैयौँ राम्रा काम अरू पनि हुन बाँकी नै छन् ।

-११ जनवरी ०१८ मै ट्रम्पले ट्विटमा लेखेका थिए– एडम लविनलाई धन्यवाद’ डोनाल्ड ट्रम्प देशका अहिलेसम्मका सबैभन्दा महान् राष्ट्रपति हुन् ।

– ६ जनवरी ०१८ मा ट्रम्पले ट्विटरमा लेखे– मेरो जीवनमा दुइटा सबैभन्दा ठूला सम्पत्ति छन् । पहिलो, मेरो मानिसक स्थिरता र दोस्रो, म अत्यन्तै स्मार्ट छु । हिलारी क्लिन्टनले पनि यही कार्ड खेल्ने निकै कोसिस गरिन्, तर सबैलाई थाहा छ कि उनी त्यसमा सफल हुन सकिनन् । म एक सफल व्यापारीबाट एउटा निकै ठूलो टेलिभिजन स्टार बनेँ । त्यसपछि म राष्ट्रपति बनेँ (आफ्नो पहिलो प्रयासमै) । मेरो विचारमा यी सफलताले मलाई स्मार्ट र एक स्थायी जिनियस सावित गर्छन् ।

– २ जनवरी ०१८ मा ट्रम्पले ट्विट गर्दै लेखे– जहिलेदेखि मैले राष्ट्रपतिको पद सम्हालेको छु, हवाई सेवालाई लिएर कडा रहेको छु । एउटा निकै राम्रो खबर आएको छ, जसमा भनिएको छ कि ०१७ मा हवाई दुर्घटनामा एकजनाको पनि मृत्यु भएन । यो अहिलेसम्मको सबैभन्दा सुरक्षित वर्ष रह्यो ।

-१८ जुलाई ०१७ मा सिबिएस च्यानलमा एउटा अन्तर्वार्ताका क्रममा ट्रम्पले भने– मलाई लाग्छ, म वास्तवमै निकै विनम्र व्यक्ति हुँ । तपाईं जति मलाई बुझ्नुहुन्छ, त्योभन्दा बढी नै विनम्र छु भन्ने मेरो बुझाइ छ ।

– ७ जुन ०१६ मा फक्स न्युजलाई दिएको एक अन्तर्वार्तामा ट्रम्पले भने– म महिलाको निकै इज्जत गर्छु । कन्स्ट्रक्सन इन्डस्ट्रीमा मैले जति महिलालाई सहयोग गरेको छु, त्यति अरू कसैले गरेको छैन ।

-१८ अगस्ट ०१५ मा टाइम म्यागाजिनका अनुसार ट्रम्पले भनेका थिए– मेरो जीवन जहिल्यै जित्नका लागि हो, हारका लागि होइन ।

– ८ मे ०१३ मा ट्विटरमा ट्रम्पले लेखेका थिए– मेरा शत्रु र पराजित मानिसलाई म बताउन चाहन्छु कि म सबैभन्दा समझदार मानिसमध्ये एक हुँ । यो तपाईंहरूलाई पनि थाहा छ । तर, तपाईं आफूले आफैँलाई यति धेरै बुद्धु र असुरक्षित महसुसचाहिँ नगर्नुहोला ।

-१७ अक्टोबर २०१२ मा ट्रम्पले लेखेका थिए– मेरा ट्विट यति शक्तिशाली बनेका छन् कि म आफ्ना शत्रुलाई सत्य बताउन बाध्य बनाउन सक्छु ।

– १७ मार्च ०११ मा गुड मर्निङ म्यागाजिनसित ट्रम्पले भनेका थिए– अत्यन्त धनी हुनु नै मेरो सुन्दरताको मुख्य कारण हो ।

-बिबिसीहिन्दीको सामग्री नयाँ पत्रिकाबाट 

salt training

कमेन्ट गर्नुहोस्