०३ असार २०८३, बुधबार

मध्यरातमा  ट्रकको ठक्करबाट युवतीको मृत्यु

मध्यरातमा  ट्रकको ठक्करबाट युवतीको मृत्यु

कपिलबस्तु, ३ माघ- कपिलवस्तुको शिवराज नगरपालिका १ सुरई नामा पुलमा गएराति ट्रकको ठक्करबाट एक युवतीको मृत्यु भएको छ |
राती पौने १२ बजे ना २ ख ९९६० नम्बरको ट्रकले भारतीय नम्बरको स्कुटरलाई ठक्कर दिंदा स्कुटर पछाडी सवार, भारतीय नागरिक २४ वर्षिया मुबसरा खातुनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ |
 स्कुटर चालक भारतकै २७ वर्षिय अतिकुल रहिमान घाइते भएका छन् । उनको संजिवनी अस्पताल चन्द्रौटामा उपचार भैरहेको प्रहरीले जनाएको छ । ट्रक र चालकलाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यलय चन्द्रौटाले जानकारी दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्