
काठमाडौँ, ३ माघ- काठमाडौँको शंखमुलमा गएराति साढे १२ बजे बा ७२ प ११२५ नम्बरको मोटरसाइकल अनियन्त्रीत भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाईकल पछाडी सवार, कोटेश्वर बस्ने झापाका ३१ वर्षिय मोहन रायमाझी रहेको प्रहरीले जनाएको छ ।
गम्भिर घाइते उनको उपचारको क्रममा सिभिल अस्पतालमा गएराति १ बजे मृत्यु भएको हो । । मोटरसाइकल र चालकलाई महानगरीय प्रहरी वृत्त बानेश्वरले नियन्त्रणमा लिएको छ । मध्यरातमा तीब्र गतिमा चलाइएकै कारण दुर्घटना हुन बताइएको छ ।