१४ असार २०८३, आइतबार

प्रधानमन्त्री निवासबाटै ५० लाख रुपैयाँ बेपत्ता भएपछि...

प्रधानमन्त्री निवासबाटै ५० लाख रुपैयाँ बेपत्ता भएपछि...

गरिब असहाय र गम्भीर प्रकृतिका विरामीको निहुँ पारेर कार्यकर्तालाई करोडौं रुपैयाँ पोस्ने गरेको प्रधानमन्त्री निवास बालुवाटारमा यतिखेर भन ५० लाख रुपैयाँको चर्को खोजी भएको छ । 

प्रदेश र केन्द्रीय निर्वाचनका क्रममा हराएको भनिएको रकमको व्यापक खोजी भए पनि अझै फेला परेका छैन तर कसले केमा लगायो भन्नेचाहिँ यसै साता सुईको भेटिएको छ । स्रोतले रकम बालुवाटारमै तर प्रधानमन्त्री निवासबाट केही परतिर पाइएको बताएको छ । 

प्रमनिवासकै एकजना अस्थायी जागिरेले सो रकम सुइँक्याएको कुरा हराएको दुई महिनापछि बल्ल पत्ता लागेको स्रोतले जानकारी दिएको हो । 

घटनाको विवरणअनुसार केन्द्रीय र प्रदेश निर्वाचनका क्रममा कांग्रेसले प्रचार प्रसारका लागि छुट्याएमध्ये ५० लाख रुपैयाँको हिसाव नमिलेपछि खैलाबैला मच्चिएको थियो । 

प्रचार प्रचार समितिको कामका लागि पार्टी सभापतिले रकम छुट्याएको भए पनि फस्र्ट लेडी आरजु देउवाले पनि छुट्टै बन्दावस्त गरेकी थिइन् । 

यसपटक उक्त समिति बालकृष्ण खाँणको अध्यक्षतामा गठन गरिएको थियो । समितिले विभिन्न स्थानमा पत्रकारलाई भ्रमण गराउनुका साथै पत्रकार सम्मेलन, प्रचार सामाग्री निर्मार्णण र पार्टी निकट अनलाइनलाई परिचालन गरेको थियो ।

निर्वाचन सकिएपछि खाँणले त्यसको हिसावकिताव कोषाध्क्षलाई नभएर आरजुलाई दिएका थिए । जनआस्था साप्ताहिकबाट
 

salt training

कमेन्ट गर्नुहोस्