०६ साउन २०८३, बुधबार

इण्डोनेसियामा प्रहरी कारबाहीमा परी एक नेपालीको मृत्यु

इण्डोनेसियामा प्रहरी कारबाहीमा परी एक नेपालीको मृत्यु
Photo: sindonews.com

काठमाडौं, ३ माघ- लागू औषध कारोबारमा संलग्न रहेको आरोपमा इण्डोनेसियामा एक नेपाली मारिएका छन्। इण्डोनेसियन न्यूज पोर्टल सिण्डो न्यूजका अनुसार मारिनेमा ३४ वर्षीय शरणकुमार तामाङ छन्।

उनको साथबाट ५२ ग्राम लाागू औषधसमेत बरामद गरिएको समाचारमा जनाइएको छ। पक्राउ परेपछि भाग्न खोज्दा प्रहरीले गोली चलाएको बताइएको छ।

गोली लागेर गम्भीर घाइते भएका तामाङलाई तत्काल अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याएपछि चिकित्सकहरुले मृत घोषित गरेको समाचारमा उल्लेख छ।

मृतकको नेपालस्थित ठेगाना खुलाइएको छैन।

salt training

कमेन्ट गर्नुहोस्