२३ असार २०८३, मंगलबार

प्रदेशको राजधानी बनाउन माग गर्दै दाङमा अनिश्चितकालीन बन्द

प्रदेशको राजधानी बनाउन माग गर्दै दाङमा अनिश्चितकालीन बन्द
तस्वीर : शरद रेग्मी

दाङ, ३ माघ-प्रदेश नम्बर ५ को अस्थायी राजधानी दाङ बनाउन माग राख्दै बुधाबरदेखि दाङ अनिश्चितकाकालका लागि बन्द भएको छ ।

दाङ प्रादेशिक सरोकार समितिको अगुवाइमा जिल्लाका विभिन्न स्थानमा स्थानीयवासी आन्दोलनमा उत्रिएका छन् । बन्दका कारण बुधबार बिहानैदेखि जिल्लामा लामो तथा छोटो दूरीमा कुनै पनि सवारीसाधन सञ्चालन भएका छैनन् भने शिक्षण संस्था र कलकारखाना पनि बन्द रहेका छन् । 

त्यसैगरी जिल्लाका तुलसीपुर, नारायणपुर, घोराही, लमही, गढवा र भालुबाङ बजार पनि बिहानैदेखि बन्द रहेका छन् । सडकमा नागरिक स्वतःस्फूर्तरुपमा प्रदर्शनमा उत्रिएका छन् । 

पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङ सडकखण्ड पूर्णरुपमा बन्द हुँदा भालुवाङ र अमेलियामा सवारीसाधन रोकिएका छन् । 

दाङलाई प्रदेशको राजधानी बनाउन सबै हिसाबले उपयुक्त भए पनि सरकार तथा राजनीतिक दलका नेताले राजधानी बनाउन षडयन्त्र गरिरहेको भन्ने जानकारी पाएलगत्तै आफूहरुले अनिश्चितकालीन जिल्ला बन्द गर्नुपरेको समितिका सदस्य–सचिव एवं नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्