१३ असार २०८३, शनिबार

यमनका यी बालबालिकाको तस्वीर देखेर हल्लिनेछ मुटु !

यमनका यी बालबालिकाको तस्वीर देखेर हल्लिनेछ मुटु !

काठमाडौं, ३ माघ — मध्यपूर्वको देश यमन अहिले ठूलो मानवीय संकटबाट गुज्रिरहेको छ । असी लाखभन्दा बढी मानिस खानाका लागि अन्य देशप्रति निर्भर छन् । 

त्यहाँका चार लाखभन्दा बढी बच्चा भयंकर कुपोषणको शिकार छन् । अस्पतालमा भर्ना भएका बच्चाहरूको हालत देखेर मुटु हल्लिन्छ । 

दुई वर्षदेखि युद्धग्रस्त यमनमा बच्चाहरूको खानेकुरा सहज रूपमा पाइन सकेको छैन । 

यमनको हालत बिग्रँदै गएपछि धेरैले साउदी अरबलाई आक्रमण रोक्न माग गरेका छन् । 

साउदी नेतृत्वको गठबन्धनले यमनका हूती विद्रोहीहरूलाई इरानले समर्थन गरेको र त्यहाँको संकट बढाएको आरोप लगाएको छ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्