०४ साउन २०८३, सोमबार

दाङ प्रदेश राजधानी नतोकिएपछि कोमल वलीले भनिन्– हेपिएर बस्ने दंगालीको स्वाभाव होइन

दाङ प्रदेश राजधानी नतोकिएपछि कोमल वलीले भनिन्– हेपिएर बस्ने दंगालीको स्वाभाव होइन

काठमाडौं, ३ माघ– चर्चित लोक गायिका कोमल वलीले सिङ्गो नेपालको राजधानी हुन उपयुक्त दाङलाई सरकारले बेवास्ता गर्नु कुनै दृष्टिकोणबाट सह्य हुन नसक्ने टिप्पणी गरेकी छिन् । 

बुधबार सरकारले प्रदेश नम्बर ५ को अस्थायी राजधानी  रुपन्देहीलाई तोकेपछि सामाजिक सञ्जालमार्फत ओलीले यस्तो प्रतिक्रिया दिएकी हुन् । 
 उनले जल, स्थान र सम्भावनाका हिसाबले दाङ नै प्रदेश ५ को राजधानी हुनुपर्ने तर्क  गर्दै सधैं हेपिएर बस्ने दंगालीको स्वाभाव नभएको बताएकी छिन् । 
‘जल, स्थान र सम्भावनाका हिसाबले दाङ नै प्रदेश ५ को राजधानी हुनुपर्छ’, वलीले भनेकी छिन्, ‘यो जायज मागका लागि हामी एकजुट हौँ, सधैं हेपिएर बस्ने दङ्गालीको स्वाभाव होइन ।’
ओली चुनाव अगाडि राप्रपा छाडेर एमालेमा प्रवेश गरेकी थिइन् । 
 

salt training

कमेन्ट गर्नुहोस्