
काठमाडौँ, ४ माघ - सरकारले प्रदेश प्रमुखको नाम सिफारिस गरेलगत्तै बुधबार साँझ निर्वाचन आयोगले पनि प्रदेशसभा समानुपातिकमा विजयी सांसदको नाम घोषणा गरेकाले प्रदेशसभा, प्रदेश सरकार गठन र राष्ट्रिय सभा निर्वाचनको गाँठो फुकेको छ ।
प्रदेशसभा समानुपातिकका लागि दलहरूले बन्द सूचीमा पेस गरेका उम्मेदवारलाई आयोगले निर्वाचित भएको घोषणा गरेको हो । प्रदेश प्रमुख नतोकिएकै कारण लामो समयदेखि आयोगले घोषणा गर्न नसकी रोकेर राखेको थियो । प्रदेशसभा समानुपातिकमा सातवटै प्रदेशमा गरी २ सय २० सांसद निर्वाचित भएका छन् ।
निर्वाचन परिणाम घोषणाको सात दिनभित्र प्रदेश प्रमुखलाई परिणाम बुझाउनुपर्ने संवैधानिक बाध्यता छ । तर प्रदेश प्रमुखको टुंगो नलागेकाले प्राविधिक काम सके पनि आयोगले परिणाम घोषणा गर्न पाएको थिएन, कान्तिपुरमा खबर छ ।