२४ असार २०८३, बुधबार

चरन अभावले चौंरीपालन संकटमा

चरन अभावले चौंरीपालन संकटमा

भोजपुर, ४ माघ– सदरमुकामबाट करिब ३३ किलोमिटर उत्तरपश्चिममा पर्ने टेम्केमैयुङ गाउँपालिका १ तिम्मा पाङखाङ गाउँबस्तीबाट १५ किलोमिटर माथि रहेको मैयुङ क्षेत्रमा केही वर्षअघि दर्जनौं चौंरीगोठ थिए । चरन अभावमा हिजोआज चौंरीपालन संकटमा परेसँगै समुद्र सतहदेखि ३३ सय ४३ मिटरको उचाइस्थित यस क्षेत्रमा पर्यटकको संख्यामा पनि पातलिँदै गएको छ । 

चरन अभावले यहाँका चौंरीगोठहरु धमाधम पलायन हुँदै गएको रुथानीय चौंरीपालक किसानहरुले बताएका छन् । सामुदायिक वन समूह गठनले पनि चौंरीगोठ विस्थापित भएका छन् । वन समूह गठनपछि चौंरी चराएवापत कर तिर्नुपर्दा यहाँका किसानले चरन अभाव भएकाले चौंरीपालन छाड्न थालेको भोजपुर नगरपालिका १ हेलौंछा तीनतलेका चौंरीपालक डेण्डी शेर्पाले बताए, अन्नपूर्ण पोस्टमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्