०६ असार २०८३, शनिबार

एमाले अध्यक्ष ओली आज स्वदेश फर्किँदै

एमाले अध्यक्ष ओली आज स्वदेश फर्किँदै

काठमाडौं,  ४ माघ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार थाइल्याण्डबाट स्वदेश फर्कँदै छन् । स्वास्थ्य उपचारका लागि पुस २६ गते थाइल्याण्डको बैङ्कक गएका ओली दिउँसो १२ बजे त्रिभूवन विमानस्थल आइपुग्ने उनको सचिवालयले जनाएको छ।

उनी मंगलबार नै नेपाल फर्किने कार्यक्रम रहे पनि दुई दिन थप गरी बिहीबार मात्र फर्किन लागेका हुन् । उपचारका लागि थाइल्याण्ड गएको ओलीको स्वास्थ्य रिर्पोट सामान्य देखिएको छ । 

उनी स्वदेश फर्केसँगै राष्ट्रिय सभाका उम्मेदवारको टुंगो लगाउने वाम गठबन्धनको तयारी छ । 
 

salt training

कमेन्ट गर्नुहोस्