
काठमाडौं, ४ माघ– मेक्सिकोको उत्तरपश्चिम शहर नायारिट शहरमा सामूहिक चिहान भेटिएको छ । सामूहिक चिहानमा कम्तीमा ३२ जनाको शव भेटिएको अधिकारीहरूले जानकारी दिएका छन् ।
“शुरुमा शनिबार एक ठाँउमा शवहरू भेटिएका हुन्, त्यहाँ नौ वटा शव थिए,” एक जना सरकारी अधिकारीले नाम नबताउने सर्तमा भने । उनका अनुसार शव भेटिएको ठाँउ ग्रामीण क्षेत्र पर्दछ, तर केरा लगाइएको ठाँउबाट धेरै टाढा छैन ।
त्यस बाहेक अन्य ठाँउमा पनि खोज्दै जाँदा ३२ वटा शव भेटिएको र त्यसलाई निकालिएको स्रोतले जनाएको छ ।
सामूहिक चिहानमा शव खोज्नेहरूले अहिले पनि घटनास्थलमा खोजी कार्य जारी राखेकाले अरू पनि भेटिनसक्ने अनुमान गरिएको छ ।
सामूहिक चिहान भेटिएका ठाँउहरूमा ठूलो अमानवीय हिंसा भएको थियो । अधिकारीहरूका अनुसार गत वर्ष त्यस ठाँउमा ११७ जना हराइरहेका थिए । मेक्सिकोमा सन् २००६ देखि भइरहेको हिंसामा परी अहिलेसम्म दुई लाख जनाको मृत्यु भएको छ ।