१३ असार २०८३, शनिबार

निर्वाचनपछि पहिलो पटक कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा

निर्वाचनपछि पहिलो पटक कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं, ४ माघ–  प्रतिनिधिसभा र प्रदेशसभाको चुनावपछि नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पहिलोपटक बस्न लागेको छ। राष्ट्रियसभा निर्वाचन, उम्मेदवार चयन, अन्य दलसँगको सहकार्यलगायतका विषयमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्न लागेकाे हाे ।

बिहान ११ बजेपछि प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा बस्ने बैठकमा निर्वाचनको समीक्षाका बारेमाका पनि छलफल हुने कांग्रेसले जनाएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा व्यहोर्नुपरेको हारका विषयमा छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाउन नेताहरुले सभापति शेरबहादुर देउवालाई दबाब दिँदै आएका थिए । केन्द्रीय कार्यसमितिको बैठक बस्न नसक्दा कांग्रेसमा गुटको राजनीति मौलाएको छ । 

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र युवा नेताले  संगठन सुदृढीकरण, विभिन विभागको पूर्णता, भातृ संगठनको पूर्णता र प्रभावकारी परिचालन लगायत विषयमा नेतृत्वको आलोचना गर्दै विशेष महाधिवेशन बोलाउन माग गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्