काठमाडौँ, १२ माघ - स्थानीय तहको निर्वाचनमा जिल्ला सभाका प्रमुख/उपप्रमुख, नगरपालिकाका प्रमुख/उपप्रमुख र गाउँपालिकाका अध्यक्ष/उपाध्यक्षमध्ये एक पदमा अनिवार्य महिला उम्मेदवार उठाउनुपर्ने भएको छ । संसद्को राज्यव्यवस्था समितिअन्तर्गतको उपसमितिले स्थानीय तहको निर्वाचनसम्बन्धी विधेयकमा स्थानीय तहको मुख्य दुई कार्यकारी पदमा उम्मेदवारी दिने दलले कम्तीमा एक महिला उम्मेदवार बनाउनुपर्ने बाध्यात्मक व्यवस्था गर्ने सहमति जुटाएको हो । समितिका सदस्य रामेश्वर फुयालका अनुसार उपसमितिमा स्थानीय तहको निर्वाचनसम्बन्धी विधेयकमा दफावार छलफल सुरु भएको पहिलो दिन मंगलबार नै राजनीतिमा महिला सहभागिता सुनिश्चित गर्ने महत्त्वपूर्ण समझदारी जुटेको हो, आजको कन्तिपुरले खबर छापेको छ ।