
काठमाडौं,४ माघ– आन्दोलनरत नर्सहरुहरुसँग स्वास्थ्य मन्त्रालयले बिहीबार औपचारिक रुपमा वाता सुरु गरेको छ ।
स्वास्थ्य मन्त्रालयका विशेषज्ञ डाक्टर विनोदमान श्रेष्ठको संयोजकत्वमा बुधबार वार्ता समिति गठन गरेको मन्त्रालयले बिहीबार विहान ११ बजेदेखी नर्सहरुसँग वार्ता सुरु गरेको हो । बिहीबारबाट नर्सहरुले पुरै ड्युटी नै छाडेर आन्दोलनमा उत्रिने भएपछि बिहीबार सार्वजनिक विदा भएपनि वार्ता थालेको छ ।
नेपाल नर्सिङ संघको अगुवाइमा देशभरका नर्सहरु एक हप्ताअघि ११ बुँदे माग अघि सार्दै विभिन्न आन्दोलनका कार्यक्रमहरु गर्दै आएका थिए ।
सरकारले वार्ता सुरु गरेपनि नर्सहरुले पूर्व कार्यतालिका अनुसार बिहीबारदेखि तीन दिनसम्म उनीहरुले बिहान देखि ४ बजेसम्म ८ घन्टाका लागि ड्युटी छाडेका छन् ।
‘स्वास्थ्य मन्त्रलालयल आज नै औपचारीक रुपमा वार्तामा बोलाएपछि स्वास्थ्य मन्त्रालयमा हाम्रा नर्सिङसंघका पदाधिकारी र स्वास्थ्य मन्त्रालयका वार्ता समिति बिच ११ बजेदेखी वार्ता अघि बढेको छ ।’ नेपाल नर्सिङ संघकी सदस्य दुर्गा सापकोटाले बताइन् ।
उनले लोकान्तरसंग भनिन्, ‘वार्तामा बोलाएपनि हाम्रो माग पुरा भइसकेको छैन । त्यसैले हामीले पुर्वनिर्धारित कार्यक्रम आज ८ घण्टा ड्युटी छोडेका छौं ।’
नर्सहरुले मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्काशन गरिएका नर्सिङ कर्मचारीहरुलाई बिनासर्त पुनर्बहाली, अधिकारसहितको नर्सिङ सेवा महाशाखा पुनर्स्थापना, जनतालाई गुणस्तरीय नर्सिङ सेवा दिनका लागि नेपाल सरकारले बनाएको ुनर्स बिरामीको अनुपातु सबै अस्पतालमा यथाशीघ्र लागू, नेपाल सरकारका नर्सहरुलाई उपलब्ध गराइरहेको न्यूनतम तलबभत्ता सरह विभिन्न निजी स्वास्थ्य संस्थामा कार्यरत नर्सलाई पनि तहगत हिसाबबाट उपलब्ध हुनुपर्ने लगायतका ११ माग राखेका छन्।