०२ असार २०८३, मंगलबार

काठमाडौंको गोकर्णेश्वरको प्रहरी बीटमा आक्रमण

कात्तिक २०, २०७४
काठमाडौंको गोकर्णेश्वरको प्रहरी बीटमा आक्रमण
लोकान्तर संवाददाता
२६ मंसिर –काठमाडौं गोकर्णेश्वरको प्रहरी बिटमा स्थायिनले आक्रमण गरेका छन् । शनिवार ट्याक्सी चालकको हत्या भएपछि आक्रोशित बनेका मृतक चालकका आफन्त र स्थानियले बिटमा रहेको २ वटा मोटरसाईकलमा आगजनीसमेत गरेका छन् ।

शनिवार एक ट्याक्सीचालक राजकुमार लामा मृत अवस्थामा फेला परेका थिए । दोषीलाई कारवाहीको माग गर्दै आन्दोलनमा उत्रेका स्थानियले आइतवार बिटमै आगजनी गरेका नेपाल प्रहरीका प्रवक्ता हेमन्त मल्ल ठकुरीले लोकान्तरलाई जानकारी दिए ।

उनका अनुसार झण्डै ७० जनाको संख्यामा आएका स्थानियले साढे ११ बजेतिर बिटमा आक्रमण गरेका हुन् । क्षतिको विवरण आउजन बाँकी रहेको उनले बताए ।
अहिले भने स्थिति नियन्त्रणमा छ ।

नेपाल प्रहरीका अनुसार ट्याक्सीचालककोह हत्याका सम्बन्धमा थप अनुुसन्धान भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्