१३ असार २०८३, शनिबार

चोरेको आरोपमा मुसालाई सजाय, फोटो बन्यो भाइरल

कात्तिक २०, २०७४
चोरेको आरोपमा मुसालाई सजाय, फोटो बन्यो भाइरल

चोरलाई सजाय दिइनु कुनै नौलो कुरा होइन । तर, चीनमा एक चोरेको भन्दै एउटा मुसालाई दिइएको सजायका कारण समाजिक सञ्चालमा चर्चा चलिरहेको छ ।

चीनको एक स्टोरबाट चामल चोरेको आरोपमा एउटा मुसालाई दिइएको सजायका कारण सवै अचम्ममा परेका छन् । गुआगन्जुको क्षेत्रमा पाइएको मुसालाई एउटा ट्रलीमा बाधेर एक चिट लेखिएको छ,‘अबदेखि यस्तो गदिर्नन ।’

डेली मेलका अनुसार मुसालाई बाभिएको फोटो चीनमा माइक्रो व्लगिङ बेभसाइट वीबीमा भाइरल भएको छ । हाँसम्मकी उक्त षेत्रको प्रहरी डिपान्र्टमेन्टले पनि यो फोटोमा मुस्कुराएको इमोज राखेको छ ।

तर स्टोरमा मालिक तिनचेईले भने यो आफूले गरेको नभइ स्टोरका स्टाफले गरेको हुनसक्ने बताएका छन् । विषय समान्य भएपनि मुलालाई दिइएको सजायको तस्वीर इन्टरनेटमा भाइरल भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्