काठमाडौं, १२ माघ — विदेशबाट नेपालमा पैसा पठाउँदै हुनुहुन्छ ? बुधवारका लागि राष्ट्र बैंकले विभिन्न देशहरुको पैसाको सटही दर कायम गरेको छ ।
बुधवारका लागि अमेरिकी डलरको मुल्य एक सय ८ रुपैयाँ ताकेको छ । तर नेपालबाट डलर किन्नु प¥यो भने चाहीँ एक सय ९ रुपैयाँमा एक डलर किन्न सकिन्छन् ।
त्यस्तै कतारी रियलको मुल्य झण्डै ३० रुपैयाँ ताकेको छ । कतारी एक रियलको मुल्य २९ रुपैयाँ ८४ पैसा रुपैयाँ बुधवारका लागि कायम गरिएको हो ।
मलेयाको एक रिङगेटको मुल्य चाहिँ साढे २४ रुपैयाँ ताकेको छ । तर यो मुल्य वैंक अनुसार फरक पर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।