काठमाडौं, २६ मंसिर — -याप गायिका तथा गीतकार निकी मिनाज आफ्नो हाउभाउका कारण चर्चामा आइरहन्छिन् । माछाको जस्तो वदन भएकी यी काली कलाकारले संसारलाई आफ्नो नग्नता खुला दिलले बाँड्ने गरेकी छिन् ।

तीन दिनअघि ३४औं जन्मदिन मनाएकी निकीको असल नाम ओनिका तान्या माराज हो । स्पेनबाट अमेरिका आएकी उनी गायक र गीतकारका अलावा अभिनेत्री र टिभी स्टार पनि हुन् ।
ब्ल्याक लेडी नामबाट पनि चिनिने निकी लेडी गागाजस्तै अनौठा लूक्समा देखा पर्ने गर्छिन् । रंगीचंगी र क्रेजी लुगामा देखिन्छिन् उनी ।