
रुपन्देही, ७ माघ– रुपन्देहीको सैनामैना नगरपालिका वडा ११ सालझन्डीमा १ करोड १० लाखको लगानीमा सर्पदंश तथा स्वास्थ्य उपचार केन्द्र बन्ने भएको छ ।
प्रदेश नम्बर ५ का अन्य जिल्लामा सर्पदंशको उपचार केन्द्र नभएकाले उक्त केन्द्रको स्थापनापछि सो क्षेत्रका नागरिक लाभान्वित हुने भएका छन् ।
सालझन्डीका स्थानीयहरुको पहलमा सैनामैना नगरपालिका, कञ्चन गाउँपालिका र गैडहवा गाउँपालिको आर्थिक सहयोग र स्थानीयको श्रमदानबाट अस्पतालको भवन निमार्ण कार्य शुरु भएकोछ ।
भवन निमार्णका लागि सालझन्डीको महायज्ञबाट ६८ लाख, सैनामैना नगरपालिकाबाट २० लाख, कञ्चन गाउँपालिकाबाट, ५ लाख र गैडहवा गाउँपालिकाबाट २ लाख ५० हजार रुपैयाँ संकलन भएको छ । यही आर्थिक वर्षभित्र निर्माण सम्पन्न हुनेगरी अस्पतालको भवन बनाउन शुरु भएको बताइएको छ ।