२१ जेठ २०८३, बिहीबार

अक्षय कुमारले देखाए महानता, प्याडम्यानको रिलिज मिति सारे

अक्षय कुमारले देखाए महानता, प्याडम्यानको रिलिज मिति सारे

काठमाडौं, ७ माघ — बलिउडमा धेरै फिल्महरू बन्ने भएकाले बक्स अफिसमा चर्को प्रतिस्पर्धा स्वाभाविक हो । तर दुई ठूलो फिल्म जुधे भने दुवै फिल्मलाई फाइदा हुँदैन । 

यही कुरा बुझेर अक्षय कुमारले सञ्जय लीला भन्सालीको आग्रह मान्दै प्याडम्यानको सार्वजनिकीकरण मिति पछि सारेका छन् । 

अक्षयको प्याडम्यान र सञ्जयको पद्मावत भारतको गणतन्त्र दिवस अर्थात् जनवरी २५ मा सार्वजनिक हुन लागेका थिए । तर सञ्जयको अनुरोधपछि अक्षयले फिल्मको रिलिज डेट सारेर फेब्रुअरी ९ (माघ २६) पु–याएका छन् । 

अक्षयको निर्णयलाई भन्सालीले स्वागत गर्दै भने, ‘यसरी फिल्म सार्नका लागि ठूलै मुटु र असलपन चाहिन्छ । म उनको महानताप्रति जीवनभरि कृतज्ञ रहनेछु ।’

विवादास्पद फिल्म पद्मावतका कलाकारहरू दीपिका पादुकोण, रणवीर सिंह र शादिद कपूरले पनि अक्षयप्रति आभार प्रकट गरे । 

अक्षयले आफ्नो फिल्मको नयाँ रिलिज डेटका बारेमा शुक्रवार पत्रकार सम्मेलन गरेर जानकारी दिए । त्यसमा भन्साली पनि उपस्थित थिए । 

अक्षयले भने, ‘हामीहरू एकै परिवारका सदस्य हौं र भन्सालीले धेरै कष्ट खेप्नुपरेको मलाई थाहा छ । उनले फिल्ममा धेरै पैसा लगाएका छन् अनि स्टुडियोका मानिसले पनि टन्नै पैसा खन्याएका छन् । म पद्मावतको एक्लो रिलिज होस् भन्ने चाहन्छु र फिल्मको सफलताको कामना पनि गर्दछु । प्याडम्यान अब फेब्रुअरी ९ मा सार्वजनिक हुनेछ । 

आर बाल्कीले निर्देशन गरेको फिल्म प्याडम्यानमा अक्षयका साथ राधिका आप्टे र सोनम कपूर पनि देखिनेछन् । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्