२२ जेठ २०८३, शुक्रबार

भारतले दोक्लमबाट पाठ सिक्यो होला : चीन

भारतले दोक्लमबाट पाठ सिक्यो होला : चीन

काठमाडौं, ७ माघ — चीनको विदेश मन्त्रालयले दोक्लम चीनको भूमि भएको अनि त्यहाँ आफूले सडक बनाउनु जायज भएको बताएको छ । 

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लू काङले शुक्रवार बेइजिङमा पत्रकार सम्मेलन गरेर यो बयान दिए । 

हालै मिडिया रिपोर्टहरूमा भूउपग्रहीय तस्वीरहरू छापिएका छन् जसले चीन दोक्लमको विवादित भूमिमा ठूलो सैन्य छाउनी बनाउन लागेको देखिन्छ । 

त्यहाँ निर्माण गतिविधिहरू चलिरहेका छन् । त्यो ठाउँ अघिल्लो वर्ष भारत र चीनबीच चलेको विवाद भएको ठाउँनजिकै पर्छ । 

तर भारतको विदेश मन्त्रालयले चाहिँ विवादित ठाउँमा केही नभएको बताएको छ यद्यपि भारतका राजनीतिक दलहरूले चिन्ता व्यक्त गरेका छन् । 

पत्रकार सम्मेलनमा लूलाई यस विषयमा गरिएको प्रश्नमा उनले उत्तर दिए, ‘मैले पनि ती रिपोर्टहरू हेरें । कसले ती तस्वीर उपलब्ध गरायो भन्ने विषयले मलाई आश्चर्यचकित बनायो । दोक्लम चीनको भूमि हो र यो चीनकै अधिकारक्षेत्रमा पर्छ । यसमा कुनै शंका छैन ।’

सन् २०१७ को अगस्टमा दोक्लम (चीनमा दोका ला) क्षेत्रमा चीन र भारतका सैनिकहरू ७३ दिनसम्म आमनेसामने रहेका थिए । 

दोक्लम मुद्दा फेरि चर्चामा आएपछि दुई देशबीच तनाव उत्पन्न हुने चिन्ता व्यक्त गरिएको छ । तर चीनले दोक्लम विवादबाट भारतले पाठ पढिसकेको र यसको पुनरावृत्ति नहुने आशा व्यक्त गरेको छ । 

चीनको विदेश मन्त्रालयले भन्यो, ‘भारतले चीनसँग मिलेर सीमा क्षेत्रमा शान्ति र स्थिरता कायम राख्छ अनि दुई देशबीचको सम्बन्ध पनि सुध्रिन्छ भन्ने आशा गर्दछौं ।’

बीबीसी हिन्दीबाट
 

salt training

कमेन्ट गर्नुहोस्