११ साउन २०८३, सोमबार

माघ २१ गते प्रदेश संसदको पहिलो अधिवेशन

माघ ७, २०७४
माघ २१ गते प्रदेश संसदको पहिलो अधिवेशन

जनकपुरधाम ७ माघ– प्रदेश नम्बर २ को संसदको पहिलो अधिवेशन माघ २१ गते शुरु हुने भएको छ ।

प्रदेश सांसदहरुको शपथ कार्यक्रम सकिएलगत्तै प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले संसदको अधिवेशन घोषणा गरेका हुन् ।

‘माघ २१ गते बिहान ११ बजेका लागि संसदको पहिलो अधिवेशन शुरु हुनेछ’ कायस्थले घोषणा गरे ।

चुनावको नतिजा सार्वजनिक भएको २० दिनभित्र प्रदेश संसदको अधिवेशन बोलाउनु पर्ने संविधानको व्यबस्था छ ।

अधिवेशन शुरु भएपछि प्रदेश सभामुख र मुख्यमन्त्री निर्वाचित गर्ने प्रक्रिया शुरु हुनेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्