१७ असार २०८३, बुधबार

प्रदेश नम्बर चार- प्रदेश प्रमुख कुँवरद्वारा ज्येष्ठ सदस्यलार्इ शपथ

प्रदेश नम्बर चार- प्रदेश प्रमुख कुँवरद्वारा ज्येष्ठ सदस्यलार्इ शपथ

पोखरा, ७ माघ - देश नं ४ का प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले आज पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ । 

प्रदेश प्रमुखको कार्यालय पार्दी पोखरामा प्रदेश प्रमुख बाबुराम कुँवरले उहाँलाई शपथग्रहण गराउनुुभएको हो । 

समारोहमा क्षेत्रीय प्रशासक लक्ष्मण अर्याल,पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, प्रदेश कार्यालयका सचिव देवीप्रसाद ज्ञवालीलगायतको उपस्थिति रहेको थियो । 

ज्येष्ठ सदस्य श्रेष्ठले आजै प्रदेश नं ४ का प्रदेश सभा सदस्यहरुलाई शपथग्रहण गराउने कार्यक्रम रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्