
पोखरा ७ माघ– प्रतिनिधि सभामा एकसीट जितेको नयाँ शक्ति पार्टी नेपालले प्रदेश नम्बर ४ को प्रदेश सभामा दुइ सांसद पाएको छ ।
नयाँ शक्तिको तर्फबाट हरिशरण आचार्य र धनमायाँ तामाङले शुक्रवार शपथ लिएका छन् ।
आचार्य गोरखा क्षेत्र नम्बर २ को ख तथा तामाङ समानुपातिक तर्फबाट सांसद बनेकी हुन् ।
नयाँ शक्ति पार्टीका प्रेम तामाङले रसुवाबाट प्रदेश सांसद जितेका थिए ।