
रुसका राष्ट्रपति भ्लादमीर पुटिन एक पटक फेरि ‘शर्टलेस’ भएका छन् । यस पटक उनी आफ्नो पाप धुनका लागि भन्दै वर्फ जमेको चिसो पानीमा डुबुल्की लगाएका हुन् ।
उनले इसाई दीक्षाका लागि सोलिगर क्षेत्रमा परम्परा अनुसार डुबल्की लगाएका हुन् । यो पहिलोपटक होइन जब रुसी राष्ट्रपतिले आफ्नो शर्टलेस अवतार देखाएका हुन् ।

आफ्नो साइबेरियन यात्राका बीचमा उनले सनबाथ, फिसिंग र घोडचढीका क्रममा पनि कपडा उतारेका थिए ।
हजारौं अर्थोडक्स इसाई धर्मावलम्बीहरुले यस अवसरमा आफ्नो पाप पखाल्नका लागि नजिक रहेको बर्फिलो चिसो पानीमा डुबुल्की लगाउने गरेका छन् । 





