बुटवल, ७ माघ–रूपन्देहीको तिलोत्तमा– १८ का ८० वर्षीया बलदेश शर्मा पोखरेलले प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्यहरुलाई आइतबार शपथ ग्रहण गराएका छन् । पोखरेल समानुपातिकतर्फ नेपाली कांग्रेसबट निर्वाचित प्रदेशसभा सदस्य हुन् । पोखरेललाई प्रदेश नम्बर ५ का प्रमुख उमाकान्त झाले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।
समानुपातिकबाट छनौट भएका पोखरेलको जन्म १९९५ माघ १९ गते प्यूठानमा भएको थियो । प्रदेश नम्बर ५ को अस्थायी मुकाम बुटवलस्थित बुटवल उद्योग वाणिज्य संघको सभाहलमा नवनिर्वाचित प्रदेशसभा सांसदलाई सपथ ग्रहण पोखरेलले गराए । प्रदेश नम्बर ५ मा प्रत्यक्ष ५२ र र समानुपातिकतर्फ ३७ गरी ८७ सांसद रहेका छन् ।
आफूले जीवनमा सबैभन्दा महत्वपूर्ण काम आज गरेजस्तो लागेको पोखरेलले बताए । ‘जीवनभर नेपाली कांग्रेसको राजनीतिमा लागेँ’ पोखरेलले भने, ‘आज जीवनमा सबैभन्दा ठूलो काम गर्न गरेको महसुस भयो ।’
सरकारले निर्वाचन सम्पन्न भएको डेढ महिनापछि प्रदेश प्रमुख नियुक्त गरेलगत्तै निर्वाचन आयोगले प्रदेशसभाको अन्तिम नतिजा बुझाएको थियो । आयोगले २४ माघमा तोकिएको राष्ट्रिय सभा निर्वाचनको कार्यक्रम शुरु गरेकाले सबै प्रदेशसभा सदस्यको शपथ आइतबार गराइएको हो ।
शपथ ग्रहणका केही दृष्य: