२३ जेठ २०८३, शनिबार

प्रदेश ५ को एमाले संसदीय दलको नेता पोखरेल छानिए, मुख्यमन्त्रीको बाटो सहज

प्रदेश ५ को एमाले संसदीय दलको नेता पोखरेल छानिए,  मुख्यमन्त्रीको बाटो सहज

बुटवल ७ माघ– नेकपा एमालेका प्रदेशसभा सांसद शंकर पोखरेल सो पार्टीका तर्फबाट प्रदेश नम्बर ५ को संसदीय दलको नेतामा चयन भएका छन् । 

बुटवलमा आइतवार बसेको संसदीय दलको बैठकले पोखरेललाई नेता चयन गरेको हो । पोखरेललाई पाँच नम्बरको प्रदेशको भावी मुख्यमन्त्रीको मुख्य दावेदारको रुपमा हेरिएको छ । 

कुल ८७ जना सांसद रहेकोमा एमालेका तर्फबाट ४१ जना सदस्य छन् । एमाले बैठकमा उपमहासचिवद्व विष्णु पौडेल र घनश्याम भुसाल पनि सहभागि थिए । 

संसदीय दलको नेता चयन भएसँगै दाङ क्षेत्र नम्बर २ को ख बाट प्रत्यक्ष निर्वाचित पोखरेल प्रदेश ५ को मुख्यमन्त्रीको रुपमा चर्चामा छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्