२२ जेठ २०८३, शुक्रबार

प्रचण्डलाई उत्तर कोरियाका राजदूतले किन भेटे ?

प्रचण्डलाई उत्तर कोरियाका राजदूतले किन भेटे ?

काठमाडौं, ७ माघ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग  नेपालका लागि उत्तर कोरियाका राजदूत किम योङ हाकले भेट गरेका छन् । 

आइतबार बिहान माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा अध्यक्ष प्रचण्ड र राजदूत हाकबीच भेट भएको हो। भेटमा राजदूत ले नेपालमा वाम गठबन्धन बनाएर निर्वाचनमा विजय हासिल गरेकोमा प्रचण्डलाई बधाई दिएका छन् ।  

हाकले प्रचण्डलाई सेप्टेम्बरमा हुने कोरियन कम्युनिष्ट पार्टीको ७० औं पार्टी स्थापना दिवसका आतिथ्यताका लागि निमन्त्रणा गरेका प्रचण्डका प्रेस सहयोगी मनोहरी तिमल्सिनाले जानकारी दिए । 

हाकले दक्षिण कोरिया र उत्तर कोरियाका जनता र आफूहरु पनि राष्ट्रिय एकता र एकीकरणको पक्षमा भएको जानकारी दिँदै नेपालमा प्रचण्डको नेतृत्वमा चलेको युद्धले एकात्मक सत्ताको अन्त्य र गणतन्त्रको स्थापना गरेकोमा खुसी व्यक्त गरे । 

जवाफमा अध्यक्ष प्रचण्डले बधाईका लागि धन्यवाद दिँदै कोरियन कम्युनिष्ट पार्टीको स्थापना दिवसमा पार्टीको तर्फबाट उच्च स्तरीय प्रतिनिधि मण्डल उपस्थित हुने जानकारी दिए । 

अध्यक्ष प्रचण्डले किम इल सुनको सङ्घर्षको गाथाबारे आफू जानकार रहेको बताउँदै नेपालमा शान्ति प्रक्रिया, संविधान निर्माण, संविधान कार्यान्वयनमा दलहरु मिलेर सफलता हासिल गरेको जानकारी दिए ।  सो अवसरमा अध्यक्ष प्रचण्डले राजनीतिक स्थिरता र आर्थिक समृद्धिका लागि एमाले(माओवादी बीचको एकता छिट्टै टुङ्गोमा पुग्न लागेको लाई जानकारी दिए । 
 

salt training

कमेन्ट गर्नुहोस्