पोखरा ७ माघ–कास्कीका प्रदेश सांसद राजीब पहरीले सपथ लगत्तै फेवा तालको आकार बढाउने काम एक हप्ता भित्र शुरु गर्ने घोषणा गरेका छन् ।
प्रदेश सभाको शपथ लिएलगत्तै पहरीले आइतवार फेवातालको किनारमा पुगेर आफ्नो चुनाबी प्रतिबद्धता अनुसार एक हप्तामा फेवा ताल फराकिलो बनाउने काम शुरु गर्ने बताएका हुन् ।
उनले यसका लागि स्रोतको खोजी भइरहेको बताए । प्रदेश नम्बर ४ पर्यटनको केन्द्रको रुपमा रहेको फेवा ताल बिस्तारै पुरिएकोमा चिन्ता ब्यक्त गर्दै पहरीले अब बोली मात्रै होइन काम गरेर देखाउने दावी गरे ।
फेवा तालको संरक्षकत्व लिने भन्दै पहरीले यसको संरक्षणका निम्ति खुलेका संस्थाहरु सबै सरोकारवालाहरु अब उठ्नु पर्ने बताए ।