
काठमाडौँ, ७ माघ - वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा उतारचढाव आए पनि विप्रेषण आप्रवाह निरन्तर घटिरहेको तथ्यांकले देखाएको छ ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पाँच महिनाको तथ्यांकमा आधारित भएर आज सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी विवरणमा विप्रेषण आप्रवाह ०.८ प्रतिशतले घटेको उल्लेख छ ।
सबैभन्दा नेपाली मलेसिया गएका तथा साउदी अरेबिया र कतार जाने श्रमिक पनि उल्लेख्यरुपमा घटेका केन्द्रीय बैंकले जनाएको छ । अघिल्लो आवको पाँच महिनाको अवधिमा रु तीन अर्ब ४९ करोड बचतमा रहेको चालु खाता समीक्षा अवधिमा रु ४० अर्ब ९५ करोडले घाटामा रहेको छ ।
त्यसैगरी अघिल्लो वर्षको सोही अवधिमा रु २८ अर्ब ७८ करोडले बचतमा रहेको समग्र शोधानान्तर समीक्षा अवधिमा रु नौ अर्ब २७ करोडले घाटामा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।