१२ असार २०८३, शुक्रबार

निजी मेडिकल कलेजद्वारा लाखौं असुली

माघ ८, २०७४
निजी मेडिकल कलेजद्वारा लाखौं असुली

काठमाडौं, ८ माघ- २१ लाख २२ हजार पाँच सय रुपैयाँ भौचरमार्फत चितवन मेडिकल कलेजको खातामा पठाएका उज्ज्वल भट्टराई एमबीबीएसमा भर्ना भइने भो भन्नेमा ढुक्क थिए। तर, अहिले उनी चिन्तामा छन्। पढ्न पाउने/नपाउने के हो भन्दै उनी दुई दिनदेखि चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) मा डिन खोज्दै हिँडेका छन्, अन्नपूर्ण पोस्टमा खबर छ ।

मेरिट (योग्यता) सूचीका आधारमा नाम निकालेका भट्टराई सरकारले तोकेकै शुल्कमा पढ्न पाइनेमा निश्चिन्त थिए। रकम कलेजको खातामा पठाएपछि भर्ना हुन खोज्दा ६ लाख रुपैयाँको चेकसहित सर्टिफिकेट लिएर आउन भनेपछि उनी चकित परे।

भट्टराईले  भने, ‘केका लागि थप ६ लाख बुझाउनुपर्ने हो भनेर प्रश्न गर्दा यस्तै छ यहाँको चलन भन्ने जवाफ पाए।' त्यसपछि उनी आईओएममा कति रकम दिनुपर्ने बुझ्न डिनलाई खोजिरहेका छन्।

भक्तपुर लोकन्थलीका भट्टराईलाई मात्र होइन, कडा मिहिनेत गरी मेरिटका आधारमा नाम निकाल्न सफल दर्जनौ विद्यार्थीलाई निजी मेडिकल कलेजले सरकारले तोकेभन्दा अतिरिक्त शुल्क मागेपछि चिन्तित देखिन्छन्, अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्