
काठमाडौं, १२ माघ — मोरङको सोरहा भाग - १ कर्सियामा गोली चलेको छ । जीवन विकास समाज संस्थाका कर्मचारी घनश्याम बहादुर घाइते भएका छन् । उनको विराटनगर नर्सिङहोममा उपचार भइरहेको छ । प
पैसा बोकेका उनी माथि गोली प्रहार भएको हो । पैसा लुट्नै लागि उनी माथि गोली प्रहार भएको हुन सक्ने प्रहरीले जनाएको छ ।
घटनामा संलग्न एक जनालाई प्रहरीले प्रक्राउ गरेको मोरङका एसपी सन्दीप भण्डारीले जानकारी दिए । उनले यो भन्दा धेरै जानकारी अहिले दिन नमिल्ने बताएका छन् ।