
काठमाडौं, ८ माघ– सोलुखुम्बु, कालीकोट, जाजरकोट र बाजुरामा सिजनल इन्फ्लुएनजा (मौसमी रुघाखोकी) को प्रकोप देखिएको छ ।
एक महिनायता देखिएको मौसमी रुघाखोकीको प्रकोप अझै नियन्त्रणबाहिर छ। एपिडिमियोलाजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सिजनल इन्फ्लुएन्जाका कारण अहिलेसम्म सात जनाको मृत्यु भइसकेको छ ।
इन्फ्लुएन्जाको संक्रमण बढेपछि सरकारले स्वास्थ्य सेवामा उच्च सतर्कता अपनाएको छ । महाशाखाका निर्देशक डा भीम आचार्यका अनुसार प्रकोपबाट आउन सक्ने समस्यालाई मध्यनजर गर्दै प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ, नयाँ पत्रिकामा खबर छ ।