२१ असार २०८३, आइतबार

खुला रुपमा आगो बाल्न प्रतिबन्ध

खुला रुपमा आगो बाल्न प्रतिबन्ध
सन्दर्भ तस्वीर

काठमाडौं, ८ माघ– संघीय मामला तथा स्थानीय विकास मन्त्रालयले उपत्यकासहितका शहरमा खुला रुपमा आगो बाल्न प्रतिबन्ध लगाएको छ । 
खुला रुपमा आगो बाल्न निषेध गर्ने निर्णयसहितको पत्र मन्त्रालयले काठमाडौं, ललितपुर र भक्तपुरका स्थानीय तहमा पठाएको छ ।

वायु प्रदुषणको प्रमुख कारणमध्ये खुला रुपमा बालिने आगो पनि एक भएकाले खुुला रुपमा आगो बाल्न प्रतिबन्ध लगाउन मन्त्रालयले आग्रह गरेको हो । केहि दिनअघि बसेको विज्ञसहितको बैठकपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले खुला रुपमा बालिने आगो प्रतिवन्ध लगाउन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई निर्देशन दिएको थियो ।


फोहोरमैला ऐनमा पनि खुला रुपमा आगो बाल्न निषेध गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्