२२ जेठ २०८३, शुक्रबार

मन्दिरमा जल चढाउन गएकी कलावतीकाे करेन्ट लागेर मृत्यु

मन्दिरमा जल चढाउन गएकी कलावतीकाे करेन्ट लागेर मृत्यु

सर्लाही, ८ माघ- सर्लाही कौडेना गाउँपालिका–४ की ५० वर्षीया कलावतीदेवी साहको करेन्ट लागेर मृत्यु भएको छ । 

आज बिहान श्रीपञ्चमीको अवसरमा चक्रघटा गाउँपालिका–१ शिवनगरमा जल चढाउन जानु भएकी उहाँ करेन्ट लागेर घाइते हुनुभएको छ थियो । 

घाइते साहको स्थानीय मेडिकलमा उपचार हुन नसकेपछि सदरमुकाम मलंगवा लाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । उहाँलाई मन्दिर बाहिर झिलीमिली बत्ती बाल्न निकालेको तारमा करेन्ट लागेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्