२६ असार २०८३, शुक्रबार

यी हुन् बेलायतकी सबभन्दा होची महिला, दिनदिनै सहन्छिन् चरम पीडा (भिडियोसहित)

यी हुन् बेलायतकी सबभन्दा होची महिला, दिनदिनै सहन्छिन् चरम पीडा (भिडियोसहित)

काठमाडौं, —जर्जिया –यान्किन बेलायतकी सबभन्दा होची किशोरी हुन् । उनको उचाइँ जम्मा ३१ इन्च छ । 

एक गम्भीर रोगका कारण उनको लम्बाइ बालककालमा नै रोकिएको थियो र उनले दिनदिनै भयानक पीडाबाट गुज्रिनुपर्छ । यसो हुँदाहुँदै पनि उनी आफ्नो जीवनलाई उत्सव बनाउँछिन् किनकि आफू अरूभन्दा पृथक् रहेको उनको मान्यता छ । 

युट्युबमा आफ्नो कथा सुनाउँदै जर्जिया भन्छिन्, ‘म विद्यालयमा छँदै हामीले आठ हप्ता पुगेको एउटो छाउरो ल्याएका थियौं । त्यतिखेर त्यो मेरो घुँडाघुँडा आउँथ्यो । दश वर्ष बितिसक्दा ऊ धेरै ठूलो भइसकेको छ तर म उत्री नै छु ।’

आफू स्केलेटल डिस्प्लासिया नामक रोगबाट ग्रस्त भएको उनी बताउँछिन् । यो रोगका कारण हाडहरूको विकास रोकिन्छ । 

जर्जियाले हालै एक टीभी च्यानललाई दिएको अन्तर्वार्तामा आफ्नो हाइट ३१ इन्च अर्थात् २.५ फीट रहेको बताइन् । यो दुई वर्षको बच्चाको औसत हाइटभन्दा कम हो । 

यस रोगका कारण आफूलाई रातदिन पीडा हुने उनको भनाइ छ । बिहान उठेदेखि राति नसुतुन्जेल शरीरमा पीडा हुने उनी बताउँछिन् । त्यसैले उनी आफूलाई काममा व्यस्त राख्छिन् जसले गर्दा उनको ध्यान पीडामा जान पाउँदैन । 

जर्जियाले बताएअनुसार, पीडालाई भुलाउन उनले आफ्नो लम्बाइको कथा मानिसलाई सुनाएर रमाइलो गर्ने गरेकी छन् । उनी भन्छिन्, ‘म विद्यालयमा हुँदा मेरो टाई नै मभन्दा अग्लो थियो ।’

‘मानिसहरू मेरो हाइटका कारण मलाई बेवास्ता गर्छन्, मलाई पार्टीमा बोलाउँदैनन् । तर मलाई नराम्रो लाग्दैन । म यस्तो हुँदा आफ्नै काम गरिबस्छु ।’

जर्जियाले युट्युबमा मेकअप टिप्स दिने गरेकी छन् । उनका सब्स्क्राइबरहरू १४ सय छन् । युट्युबबाट उनले केही पैसा कमाउने गरेकी छन् । 

हेरौं भिडियो :

एजेन्सी

 

salt training

कमेन्ट गर्नुहोस्