२८ जेठ २०८३, बिहीबार

श्रम स्वीकृति घोटाला काण्डका ३३ जनालाई अदालतबाट सफाइ

श्रम स्वीकृति घोटाला काण्डका ३३ जनालाई अदालतबाट सफाइ

काठमाडौं, ८ पुस– वैदेशिक रोजगारीमा जाने नेपाली कामदारलाई श्रम स्वीकृति दिँदा आर्थिक अनियमितता गरेको अभियोग लागेका ३३ जनाले विशेष अदालतबाट सफाइ पाएका छन् । 

विशेष अदालतका न्यायाधीशहरु प्रमादेकुमार श्रेष्ठ, चण्डीराज ढकाल र द्वारिकामान जोशीको इजलाशले अनियमिततामा संलग्न भएको अभियोग लागेका सबै ३३ जनालाई सफाइ दिएको हो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रम स्वीकृति दिने क्रममा कामदार र म्यानपावर कम्पनीबाट घुस लिएको भन्दै वैदेशिक रोजगार विभागका तत्कालीन निर्देशक रामजीप्रसाद बरालसहित ९ जना कर्मचार तथा २४ जना म्यानपावर सञ्चाकविरु २०७१ असार ११ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । 

उक्त मुद्दामा विभिन्न पटक सुनुवाइ हुँदै आएकोमा विशेष अदालतले सोमबार मात्रै फैसला सुनाएर सबैलाई सफाइ दिएको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्