२३ जेठ २०८३, शनिबार

प्रम–वैद्य राजनीतिक भेट

कात्तिक २०, २०७४
प्रम–वैद्य राजनीतिक भेट

 

काठमाडौँ, २६ मङ्सिर - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्यबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा समसामयिक राजनीति, संविधान कार्यान्वयन लगायत विषयमा कुराकानी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

भेटका क्रममा क्रान्तिकारी माओवादीका अध्यक्ष वैद्यले प्रधानमन्त्रीलाई ६२ औंँ जन्मदिनको शुभकामना व्यक्त गर्नुभएको थियो । सो अवसरमा प्रधानमन्त्रीले जन्मदिनको शुभकामना दिनुभएकामा नेता वैद्यलाई धन्यवाद दिँदै समसामयिक राजनीतिक विषयमा सरकारले लिएका निर्णयबारे अवगत गराउनुभएको थियो । रासस

salt training

कमेन्ट गर्नुहोस्