२८ जेठ २०८३, बिहीबार

‘वंशज नागरिकतालाई मात्र मतदाता परिचयपत्र दिनुपर्छ’

कात्तिक २०, २०७४
‘वंशज नागरिकतालाई मात्र मतदाता परिचयपत्र दिनुपर्छ’
काठमाडौं १२ माघ – नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले बंशज नागरिकता लिएका नागरिकलाई मात्र मतदाता परिचयपत्र दिनुपर्ने माग गरेका छन् ।

व्यबस्थापिका संसदमा बुधवार मतदाता नामावली विधेयक २०७३ माथिको छलफलमा भागलिदै सांसद सुवालले विगतमा ४० लाख भारतीयले नेपाली नागरिकता लिएकोले अंगीकृत नागरिकलाई मतदाता परिचयपत्र दिन नहुने बताएका हुन् ।

‘भारतीय नागरिकता रद्द गरेर मात्र मतदाता नामावली बनाउनु पर्छ । यसमा चुक्यौ भने देश विस्तारै गुम्दै जानेछ । यसको दोष सरकारमा बसेका पार्टीलाई हुनेछ’ उनले भने ।

सांसद सुवालले १६ बर्ष उमेर पुगेको व्यक्तिलाई मतदान अधिकार दिनुपर्ने माग गरे ।

salt training

कमेन्ट गर्नुहोस्