२५ असार २०८३, बिहीबार

एमालेले तीन वटा प्रदेशको राष्ट्रियसभा उम्मेदवार टुंगो लगायो, कोमल वलीपनि परिन्

एमालेले तीन वटा प्रदेशको राष्ट्रियसभा उम्मेदवार टुंगो लगायो, कोमल वलीपनि परिन्

 काठमाडौं, ९ माघ– नेकपा एमालेले चर्चित लोकगायिका तथा  प्रदेश तथा प्रतिनिधिसभा  निर्वाचन अघि राप्रपा छाडेर एमाले प्रवेश गरेकी कोमल वलीसहित १३ जनालाई राष्ट्रियसभाको उम्मेदवार बनाउने निर्णय गरेको छ । 
सोमबार एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा बसेको स्थायी कमिटी बैठकले   प्रदेश नम्बर ५, ६ र ७ का १३ उम्मेदवारको नाम टुंगो लगाएको हो । 
एमालेले प्रदेश नम्बर ५ बाट ४ जना,  प्रदेश नम्बर ६ बाट ५ जना र प्रदेश नम्बर ४ बाट ४  जनाको नाम टुंगो लगाएको छ । 
जसअनुसार प्रदेश नम्बर ५ बाट कोमल वली (महिला), दाङसहित सहित रामलखन हरिजन (दलित), पश्चिम नवलपरासी,  खिमलाल भट्टराई (खुला), रुपन्देही,  मीना बुढा (महिला), रोल्पा उम्मेदवार बन्ने पक्का भएको छ । 
यस्तै यस्तै प्रदेश नम्बर ६ बाट  कविता बोगटी (महिला), हुम्ला,  नन्दा शर्मा ( महिला), सुर्खेत, . नरपति लोहार (दलित), कालिकोट,  भैरवसुन्दर श्रेष्ठ (खुला), जाजरकोट  र  ठगेन्द्र पुरी (खुला) ,पश्चिम रुकुमलाई उम्मेदवार बनाउने निर्णय गरिएको एमाले सचिव प्रदीपकुमार ज्ञवालीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 
यस्तै प्रदेश नम्बर ७ बाट एमालेले  कमला ओली (महिला), कैलाली,  इन्दु कडेरिया बिष्ट ( महिला), कञ्चनपुर, शेरबहादुर कुँवर (खुला), अछाम र  चक्रप्रसाद स्नेही (दलित), डडेलधुरालाई उम्मेदवार बनाउने निर्णय गरिएको पनि विज्ञप्तिमा उल्लेख छ । 
माओवादी भएको  तालमेल सहमतिअनुसार एमालेको  भागमा २९ सदस्य उम्मेदवार परेको छ । आफ्नो भागमा  परेकोमध्यबाट पहिलो चरणमा एमालेले  १३ राष्ट्रियसभा उम्मेदवारको टुंगो लगाएको हो । 
बाँकी १६ उम्मेदवार पनि क्रमशः छनोट गरेर  १० गते मनोनयन गर्ने बताइएको छ । 

यसैबीच  बैठकमा अध्यक्ष ओलीले एमाले र माओवादीबीचको पार्टी एकताका सन्दर्भमा भइरहेका प्रगतिबारे बैठकलाई जानकारी  समेत गराएका छन् । 
सो क्रममा पार्टी एकीकरण प्रक्रिया सकारात्मक दिशामा अगाडि बढिरहेको कुरामा विश्वस्त हुन आग्रह गर्दै ओलीले सिङ्गो पार्टी पङ्क्तिलाई एकीकरण प्रक्रियालाई बल पु¥याउने गरी काम गर्न निर्देशित दिएको ज्ञवालीले जानकारी दिए । 
बैठकले ललितपुर– क्षेत्र नं १ बाट एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यका रुपमा निर्वाचित नवराज सिलवालविरुद्ध नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले ‘डिफ्युजन नोटिस’ जारी गरेको भनी प्रकाशित समाचारप्रति बैठकको गंभीर ध्यानाकर्षण भएको समेत जनाएको छ । इन्टरपोललाई समेत अतिरञ्जित सूचना दिने काम  भइरहेको दाबी गर्दै एमालेले यस्ता क्रियाकलापले जनताको अभिमतलाई अपमानित गरेको ठहर गरेको छ । निर्वाचित जनप्रतिनिधि विरुद्ध भइरहेका गतिविधिहरु पूर्वाग्रह र प्रतिशोधबाट निर्देशित रहेको निष्कर्ष सहित बैठकले सरकारलाई यस्ता गतिविधि बन्द गर्न ध्यानाकर्षण समेत गराएको ज्ञवालीले बताए । 

salt training

कमेन्ट गर्नुहोस्