०१ असार २०८३, सोमबार

कहिले बन्छ प्रदेश मन्त्रिपरिषद् ?

माघ ९, २०७४
कहिले बन्छ प्रदेश मन्त्रिपरिषद् ?

काठमाडौं, ९ माघ-  सातै प्रदेशका मन्त्रिपरिषद् आगामी ४ फागुनभित्रै गठन हुने भएको छ । संविधानले प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको ३० दिनभित्र मुख्यमन्त्री नियुक्त गर्नुपर्ने व्यवस्था गरेकाले सबै प्रदेशले आगामी ४ फागुनभित्रै मन्त्रिपरिषद् पाउने भएको हो  |

प्रदेश सांसदले आइतबार पद तथा गोपनीयताको शपथ लिएपछि प्रदेशको पहिलो बैठकको मितिसमेत तय भइसकेको छ । प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम आएको ३० दिनभित्र प्रदेश मन्त्रिपरिषद्को गठन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था रहेको संघीय संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले बताए । उनका अनुसार प्रदेश मन्त्रिपरिषद्का लागि प्रदेश प्रमुखले प्रदेशसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछन्, राजधानी दैनिकमा खबर छ  ।

salt training

कमेन्ट गर्नुहोस्