काठमाडौं १२ माघ राष्ट्रिय जनमोर्चाले प्रवासमा रहेका नेपाली नागरिकलाई उनीहरु बसेकै स्थानवाट भोट दिने व्यबस्था गर्न माग गरेको छ ।
व्यबस्थापिका संसदमा बुधवार मतदाता नामावली विधेयक २०७३ माथिको छलफलमा भागलिदै जनमोर्चाकी सांसद मीना पुनले विदेशमा रहेका नागरिकलाई मतदान गर्ने अधिकार दिन माग गरेकी हुन् । ‘कामको शिलसिलामा विदेशका गएका नागरिकलाई मतदानको अधिकारवाट बञ्चित गर्ने कुरा अन्याय भएको छ । हामीले किन गर्न सक्दैनौ ?’ उनले संसदमा प्रश्न गरिन ।
एसियाकै कतिपय मुलुकले कामदार रहेकै देशबाटै मतदान गर्ने व्यबस्था गरेकाले नेपालमा सो व्यबस्था गर्न माग गरेकी हुन् ।