०२ असार २०८३, मंगलबार

चीनमा दोस्रो सन्तान नीति लाभदायक साबित

चीनमा दोस्रो सन्तान नीति लाभदायक साबित

काठमाडौं, ९ माघ — चीनमा दोस्रो सन्तान नीतिले लाभ दिइरहेको देखिएको छ । समाचार संस्था सिन्ह्वाका अनुसार, दोस्रो सन्तान पनि जन्माउन पाउने नीति ल्याइएपछि सन् २०१७ मा लैंगिक असमानतामा कमी आएको छ । 

त्यहाँको तथ्यांक विभागका आँकडाहरूमा देखिएअनुुसार अघिल्ला वर्षको तुलनामा सन् २०१७ मा महिलाभन्दा पुरुषको संख्या तीन करोड २६ लाख ६० हजार बढी थियो । 

आधिकारिक आँकडाअनुसार, लैंगिक असमानता विगत पाँच वर्षयता १२ लाख प्रतिवर्षको दरभन्दा कम भइरहेको थियो र सन् २०१७ मा यो सबभन्दा कम रह्यो । 

यस नीतिका कारण छोरा नै जन्माउने सोच भएका मानिसले गर्भपात गराउने घटना कम भएका छन् । पुरानो एक सन्तान नीतिका कारण छोरा पाउन चाहने जोडीले गर्भमा छोरी हुँदा गर्भपात गराउने गरेका थिए । 

सन् २०१७ मा जन्मेका एक करोड ७२ लाख ३० हजार बच्चाहरूमा ५१ प्रतिशत शिशुहरूका पहिल्यै दाइ वा दिदी थिए । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्