१७ असार २०८३, बुधबार

चितवनमा बस पल्टियो, १९ जना घाइते

कात्तिक २०, २०७४
चितवनमा बस पल्टियो, १९ जना घाइते


चितवन, १२ माघ - पश्चिम चितवनको पटिहानीमा आज मध्यान्ह यात्रुबहाक बस पल्टिँदा १९ यात्रु घाइते भएका छन् ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भिर रहेका छन् । घाइतेहरुको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

जितपुरबाट नारायणगढतर्फ आउँदै गरेको ना २ ख ६८२३ नं को बस भरतपुर उपमहानगरपालिका– २७ जगतपुर टाउनमा अनियन्त्रित भई पल्टिँदा सो दुर्घटना भएको हो । बसका चालक भने फरार रहेको प्रहरीले जनाएको छ । रासस

कमेन्ट गर्नुहोस्