१९ असार २०८३, शुक्रबार

भक्तपुरमा आगलागी,   १० लाखको क्षति

माघ ९, २०७४
भक्तपुरमा आगलागी,   १० लाखको क्षति

भक्तपुर, ९ माघ- मध्यपुर थिमि–५ राधेराधे चोकमा आज साँझ भएको आगलागीबाट रु १० लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । 

स्थानीय नवराज कसपालको चारतल्ले घरको भूइँतलामा सिन्धुलीका प्रेमबहादुर बस्यालले सञ्चालन गरिरहेको साथीभाई खाजा घरमा विद्युत् चुहावर्ट भई आगलागी हुँदा रु १० लाखबराबरको धनमाल जलेर नष्ट भएको हो । 

नेपाल प्रहरी, जुद्ध वारुणयन्त्र र स्थानीय बासिन्दाको संयुक्त प्रयासबाट आगो नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्